दिपक दुलाल,मंसिर २२
फाल्गुनन्द गाउँपालिका वडा नं.१,नवमीडाँडाका विभिन्न विद्यालयहरुको अनुगमन गरिएको छ ।
फाल्गुनन्द १, नवमीडाँडाका सिद्धदेवी मावि, सिद्धेश्वरी मावि र पिपलबोटे आधारभूत विद्यालयको गाउँपालिकाबाट स्थलगत अनुगमन गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे,उपाध्यक्ष ठाकुर सिं नेम्वाङ,प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोक,शिक्षा शाखा प्रमूख बाबुराम राई लगायतको टोलिले उक्त विद्यालयहरुको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा विद्यालयहरुको भौतिक,शैक्षिक लगायत अन्य विविध पक्षहरुको अनुगमन,अवलोकन तथा पृष्ठपोषण र विद्यालयहरुको समस्याको बारेमा छलफल गरिएको थियो ।
विद्यालयहरुका विविध पक्षहरुको अवस्थाको बारेमा अनुगमन अवलोकन गरी शैक्षिक गुणस्तर वुद्धि तथा व्यवस्थापन पक्ष समेत सुधार गर्ने उद्धेश्यका साथ शुरु गरिएको अनुगमन कार्यलाई निरन्तरता दिइने गाउँपालिकाको कार्यालयले जानकारी गराएको छ ।

.png)