Comments Add Comment

राजश्व अनुसन्धानले नेपाल प्रहरीलाई दियो एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान

श्रावण २१, २०८० आइतबार

राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको फाइल नेपाल प्रहरीलाई दिएको छ । 
आइतबार पत्रकार सम्मेलन गरेर राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा भेटिएका प्रमाण,तथ्य र हिरासतमा रहेका १७ जना समेत नेपाल प्रहरीलाई बुझाएको हो । पत्रकार सम्मेलनमा बोल्दै राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्धा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय अपराधको रुपमा स्थापित हुने र राजश्व अनुसन्धान गर्दै जाँदा यो सँग अन्य कानूनहरु पनि आकर्षित हुने अवस्था देखिएको बताउनु भयो । उहाँले संगठित रुपमा सुनको व्यापार गर्ने देखिएका र नेपालको कानून अनुसार यो प्रकरणमा संगठित अपराध सम्बन्धी कानून आकर्षित हुने भएकाले नेपाल सरकार महान्यायाधिवक्ता,नेपाल प्रहरी र राजश्व अनुसन्धानले प्रहरीलाई सामेल गराउने निर्णय गरेको बताउनु भयो । उहाँले नेपाल प्रहरीलाई पनि सुन तस्करी प्रकरणको अनुसन्धानमा सामेल गराउँदा बढी यर्थाथपरक र अझ टुङ्गोमा पुग्न सजिलो हुने देखिएको बताउनु भयो । उहाँले पक्राउ परेका सबै आरोपित,तथ्य प्रमाणहरु समेतलाई प्रहरीको जिम्मा लगाएको बताउनु भयो ।  महानिर्देशक ढुंगानाले २ साउनमा विभागले एक सय किलो सुन विमानस्थल भन्सारको मुल गेटमा बरामद गरी ३ गते परिक्षण भएर सुन प्रमाणित भएपछि अनुसन्धान गरी विभिन्न तथ्यहरु भेटाएको बताउनु भयो। उहाँले हङकङबाट नेपालमा भित्र्याइएको सो सुन प्रकरणमा हालसम्म १४ जना नेपाली , २ जना चिनियाँ र एक भारतीय सहित १८ जना पक्राउ परिसकेको एक जनालाई हाजिरी जवानीमा छाडिएको बताउनु भयो । उहाँले  अनुसन्धानमा भेटिएका विभिन्न तथ्यहरु अनुसन्धानकै क्रममा रहेको बताउनु भयो। उहाँले सुन तस्करीका विभिन्न ठाउँमा रहेका अखडाहरु छापा र शिलबन्दी गरेको बताउनु भयो। उहाँले अनुसन्धान गर्दै जाँदा केही गहन रुपमा पेचिलो बन्दै गएको उल्लेख गर्नु भयो । navaraj.JPG
उहाँले भन्नुभयो,‘ एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान साउन २ गते नियन्त्रणमा लिएपछि विभिन्न कानूनी प्रक्रियागत रुपमा अगाडि बढ्दा ३ गते सुनको परिक्षण पश्चात् सुन हो भन्ने एकिन भएपछि अनुसन्धान सुरु गरेका थियौं । अनुसन्धानको क्रममा विभिन्न चरणमा अनुसन्धान गरौं । अनुसन्धानमा विभिन्न तथ्यहरु भेटेका छौं । ती तथ्यहरु अनुसन्धानकै क्रममा छन् । अनुसन्धान गहन रुपमा गरिरहेका छौं । अनुसन्धानको क्रममा १८ जनालाई हिरासतमा राखी नियन्त्रण गरेकोमा एक जनालाई हामीले हाजिर जवानीमा छाडेका छौं । जसमा १४ जना नेपाली नागरिक,एक जना चिनीया , एक जना भारतीय र एक जना चीनीया मुलको नागरिक हाम्रो हिरासतमा छन् । सुन तस्किरीका विभिन्न ठाउँमा रहेका अखडाहरु छापा र शिलबन्दी गरेका छौं । अनुसन्धान गर्दै जाँदा केही गहन रुपमा पेचिलो बन्दै गएको देख्यौं । यसरी अध्ययन गर्दै जाँदा यो एउटा देशभित्र मात्रै नभएर अन्तर्राष्ट्रिय अपराधको रुपमा स्थापित हुने तथ्य देखियो । यसको सुरुवात हङकङक बाट उड्ने क्याथिप्यासिफिक हुँदै नेपाल आएको र यसको सम्भावित डेस्टिनेशनको बारेमा अनुसन्धान गर्दै गरेको कारणले भुगोलको हिसावले यो अन्तर्राष्ट्रिय अपराधको रुपमा स्थापित हुने राजश्व अनुसन्धान गर्दै जाँदा योसँग अन्य कानूनहरु पनि आकर्षित हुने अवस्था देखियो । संगठित रुपमा सुनको व्यापार गर्ने देखियो । यसकारणले गर्दा नेपालको कानून अनुसार यो प्रकरणमा संगठित कानून आकर्षित हुन्छ । त्यसका धेरै अवहेव र कम्पनेन्टहरुलाई अनुसन्धानको क्रममा फेला पारौं । त्यसै तथ्यमा आधारित रहेर हामीले योसँग सरोकार राख्ने नेपाल सरकार महान्यायाधिवक्ता,नेपाल प्रहरी र राजश्व अनुसन्धान बसेर गहन रुपमा छलफल गरौं । यो विषय वृहतर विषय भएको र यसको अध्ययन अनुसन्धानमा नेपाल प्रहरीलाई पनि सामेल गराउँदा बढी यर्थाथ पुरक र अझ टुङ्गोमा पुग्न सजिलो हुने महशुस गरौं । तीनवटा निकायहरु बसेर संगठित अपराध अन्तरगत यसलाई अनुसन्धान गर्ने,राजश्व अनुसन्धान सम्बन्धि केसको वेसमा संगठित अपराध आकर्षित हुने र यसका सम्पूर्ण अनुसन्धान र कार्यसम्पादन नेपाल प्रहरीबाट हुने गरी बाँकी कार्य सम्पन्न गर्नको निम्ति नेपाल प्रहरीलाई सम्पूर्ण तथ्य,हिरासतमा लिएका व्यक्तिहरु,अहिलेसम्म बरामत भएका सपुत र प्रमाणहरु समेत नेपाल प्रहरीमा पठाउने निर्णय गरेका छौं ।’vMix Capture 06 August 2023 19-49-15.jpg

उहाँले संगठित अपराध अन्तरगत यसलाई अनुसन्धान गर्ने,राजश्व अनुसन्धान सम्बन्धि केसको वेसमा संगठित अपराध आकर्षित हुने र यसका सम्पूर्ण अनुसन्धान र कार्यसम्पादन नेपाल प्रहरीबाट हुने गरी बाँकी कार्य सम्पन्न गर्नको निम्ति नेपाल प्रहरीलाई सम्पूर्ण तथ्य समेत बुझाएको बताउनु भयो। उहाँले नेपाल प्रहरीले उक्त प्रकरणलाई महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास रहेको बताउनु भयो। 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ