Comments Add Comment

सरोकार समाज दक्षिण कोरियाद्धारा यासोक क्याम्पसलाई उपकरण सहयोग

रमेश थापा
पाँचथरः पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको समन्वयमा कुम्मायक सरोकार मञ्च दक्षिण कोरियाले यासोक क्याम्पसलाई उपकरण सहयोग गरेको छ। पाँचथरको कुम्मायक गाउँपालिका–१ को यासोक क्याम्पसलाई सरोकार समाजका संयोजक गजेन्द्र सेर्माको समन्वय तथा कुम्मायक सरोकार मञ्च दक्षिण कोरियाका सचिव बिजय लावतीको सकृयतामा १ लाख २८ हजार उपकरण क्याम्सलाई सहयोग गरेको हो। सरोकार समाज दक्षिण कोरियाका ३३ जना युवाहरुले १ लाख २८ हजार रकम संकलन गरी यासोक क्याम्पसलाई उपकरण सहयोग गरेको सरोकार समाज दक्षिण कोरियाले जनाएको छ।

समाजले यासोक क्यापसलाई आवश्यक पर्ने एक÷एक थान कम्युटर, प्रिन्टर, इन्भटर, र इन्भटर लाग्ने ब्याट्रि गरी १ लाख २८ हजार हजारको उपकरण क्याम्पसलाई हस्तान्त्रण गरेको छ। सोमवार क्याम्पसमा आयोजित एक कार्यक्रमका बीच यासोक क्याम्पस संचालक समितिका अध्यक्ष जयबहादुर चेम्जोङलाई गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले उक्त सामाग्री हस्तान्त्रण गरेका थिए।
यासोक क्याम्पसको प्रशासनिक काम कारवाहीमा सहयोग पु¥याउने उदेश्यले उक्त सामाग्री तथा उपकरण सहयोग गरेको सरोकार समाजले जनाएको छ। समाजका संयोजक सेर्माले गाउँपालिकाको एक मात्र यासोक क्याम्पसलाई सुचना प्रविधिसंग जोड्दै शैक्षिक गुणस्तर वृद्धि र प्रशासनिक कामलाई चुस्त दुरुस्त बनाउन उपकरण सहयोग गरेको जनाए ।
उपकरण हस्तान्त्रण कार्यक्रममा गाउँपालिका अध्यक्ष वंमप्रसाद लावती, वडाअध्यक्ष तथा क्याम्पस संचालन समिति उपाध्यक्ष देबेन्द्र कुमार लावती, समितिका अध्यक्ष जयबहादुर चेम्जोङ, क्याम्पस प्रमुख तिलक बहादुर खवास, सिद्ध मा.वि तिङ्देनका प्र.अ नरेन्द्र सम्बाहाम्फे लगायत जनप्रतिनिधि, शिक्षक, पत्रकार र सारोकारवालाहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ