Comments Add Comment

कुम्मायकमा लक्ष्य भन्दा बढि राजश्व संकलन

रमेश थापा 
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ। गाउँपालिकाको कार्यालयले गत आर्थिक वर्षमा ५० लाख रुपैयाँ राजश्व संकलन गर्ने अनुमान गरेको थियो। तर गाउँपालिकाले लक्ष्य भन्दा बढि ६४ लाख ५४ हजार ८७३ रुपैयाँ संकलन गरेको छ। यो लक्ष्य भन्दा १४ लाख ५४ हजार ८७३ ले बढि हो।
गाउँपालिकाले तमोर टटीय क्षेत्रको ढुङ्गा, बालुवा र गिटीको ठेक्काबाट सबै भन्दा बढि राजश्व संकलन गर्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापोले बताए। त्यस्तै आम्दानीको श्रोतको रुपमा दैनिक प्रशासनिक कृयाकलाप, सिफारिस दस्तुर, पञ्जिकरण दस्तुर राजश्वको श्रोत भएको तुम्वापोको भनाइ छ। त्यस्तै गाउँपालिकाले नदीजन्य पर्दाथ बापत निकासी कर, व्यवसाय दर्ता लगायतका क्षेत्रबाट राजश्व संकलन गर्ने गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८० /०८१ मा पनि ५५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ। लक्ष्य भन्दा बढि राजश्व संकलन गर्ने गरी गाउँपालिकाले काम गर्दै आएको गाउँपालिकाले जनाएको छ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ