Comments Add Comment

श्रीमतीको हत्या आरोपी पाँचथरका पूर्णबहादुर प्रहरी नियन्त्रणमा

मङ्गलबारे, २५ साउन :

श्रीमतीको हत्या गरी फरार रहेका पूर्णबहादुर तामाङलाई इलाम जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। इलाम सूर्योदय नगरपालिका–२, सयपत्री टोलमा सोमबार राति श्रीमतीको हत्या गरी फरार रहेका तामाङलाई सोही वडाको लालिखर्कबाट पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

निज तामाङलाई हाल इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश जवेगुले बताउनुभयो। पाँचथर, हिलिहाङ गाउँपालिका– ७ तम्फुवा घर भई हाल सूर्योदय नगरपालिका– २ सयपत्री टोलमा भाडामा बस्ने वर्ष ५० वर्षका तामाङले सामान्य विवादपछि घरेलु हतियार (बामफोक) प्रहार गरी ४५ वर्षीया श्रीमती डम्बर कुमारीको हत्या गरेका थिए । –––

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ