रमेश थापा
पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकाले “कुम्मायक गोल्डकप” प्रतियोगिताका सहभागी खेलाडीहरुलाई प्रोत्साहन रकम प्रदान गर्ने भएको छ। गाउँपालिकाले भोली देखि १५ गतेसम्म संचालन हुन लागेको गोल्डकपमा सहभागी कुम्मायकका खेलाडीहरुलाई प्रति खेल जनही एक हजारको दरले प्रोत्साहन रकम दिने निणर्य गरेको हो।
गाउँपालिकाले गरेको यो निर्णय संगै अब प्रतियोगितामा सहभागी सबै खेलाडीहरुले जनही एक हजारको दरले रकम पाउँने भएका हुन। गाउँपालिकामा बसेको कार्यपालिका बैठकले पालिकाबाट सहभागी हुने खेलाडीलाई उक्त रकम प्रदान गर्ने निणर्य गरेको गाउँपालिकाले जनाएको छ।
.png)