रमेश थापा
पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारलाई ब्यबस्थित गर्न वडाले अग्रसरता देखाएको छ। कुम्मायक–१ नं. वडा कार्यालयमा बसेको जनप्रतिनिधि सहित सरोकारवालाहरुको भेलाले बजार सफा र व्यवस्थित गर्न तीन निणर्य गरेको छ। वडाले पहिलो निणर्य अन्तरर्गत बजारको फोहोर व्यवस्थित गर्न ल्याण्ड फिल्ड साइट निर्माण गर्ने भएको छ। वडाको मलिडेमा रहको सार्वजनिक जग्गा फोहोर व्यवस्थापन गर्ने ल्याण्ड फिल्ड साइट निर्माण गर्ने निणर्य गरेको छ। वडाले यस अघि सोही वडाको साविक २ भदौरेका स्थानीय हरि प्रसाद लावतीको निजी जग्गामा फोहोर व्यवस्थापन गरिदै आएकोमा सम्झौता पूरा भएको भन्दै मल्लीडेमा नयाँ ल्याण्ड फिल्ड साइट निर्माण गर्ने भएको हो ।
वडाले गरेको दोस्रो महत्वपूर्ण निर्णय हो बदशाला व्यवस्थापन। विगत लामो समयदेखि वडामा गाउँपालिकाले निर्माण गरेको बदशाला प्रयोग बिहिन भएको छ। यो विषयमा संचार माध्यम र सरोकारवालाहरुले पटक पटक आवाज उठाउदै आएका छन। तर कार्यान्वयन हुन सकेको थिएन। पछिल्लो समय भने वडाले १५ दिन भित्र वदशाला प्रयोगमा ल्याउने निणर्य गरेको छ। व्यवसायीहरुले अव्यवस्थित रुपमा सार्वजनिक स्थान, बजारको पेटी लगायतका स्थानमा काटमार गरेको भन्दै १५ दिन भित्रमा वदशालाबाटै काटमार गर्ने गरी निणर्य गरिएको कुम्मायक १ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए। यो निणर्यलाई कडाईका साथ लागु गर्ने तर्फ वडा कार्यालय अग्रसर हुने लावतीको भनाइ छ।
वडाको अर्को निणर्य हो यासोक बजार व्यवस्थापन तथा सरसफाई। यो यासोक बजारको जल्दोबल्दो बिषय हो । पटक–पटक निणर्य हुने तर कार्यान्वयन नहुने समस्या विद्यमान छ । यासोक बजारको सडक, पेटी र नालीमा व्यवसायीहरुले पानीका ड्रम, निर्माण सामाग्री राख्ने गरेका छन। जस्ले गर्दा बजार क्षेत्र अव्यवस्थित भई दुर्घटनाको जोखिम बढेको छ। सडक, पेटी र नालीमा व्यवसायीहरुले राखेका पानीका ड्रम, निर्माण सामग्री ३ दिन भित्र नहटाए स्थानिय सरकारले कानुन बमोजिम कारर्वाही अगाडि बढाउने निर्णय गरेको वडाअध्यक्ष लावती बताउछन्।
वडाले गरेका निणर्य कार्यान्वयनको लागि व्यवसायी र सरोकारवालहरुसंग आवश्यक समन्वय गर्ने वडा कार्यालयले जनाएको छ। वडामा बसेको सर्वदलिय भेलामा गाउँपालिका अध्यक्ष वंमप्रसाद लावती, उपाध्यक्ष महेन्द्र बहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख केदार वहादुर खड्का, तमोर लिफ्टि खानेपानी समितिका अध्यक्ष मेघराज निरौला लगायत राजनीतिकदलका प्रतिनिधि, बजारका व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कुम्मायक तथा देश बिदेशका थप गतिबिधिको निरन्तर जानकारी लिन तलको Youtube Channel Subscribe गर्हुहुन अनुरोध छ ।
.png)