Comments Add Comment

सुन तोलाको एक लाख रुपैयाँ नाघ्यो

काठमाडौं, २३ मंसिर 

नेपाली बजारमा सुनको मूल्य एक लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख ३०० रुपैयाँ पुगेको हो । बिहीबार छापावाल सुन तोलाको ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार तेजावी सुनको मूल्य ताेलाकाे ९९ हजार २०० रुपैयाँमा काराेबार भएको थियो ।
यता, शुक्रबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ