Comments Add Comment

मेरिङदेन गाउँपालकाले गर्‍यो कुम्मायकका पहिरो पीडितलाई आर्थिक सहयोग 

सम्झना कुँवर  
पाँचथर-
ताप्लेजुङको मेरिङदेन गाउँपालकाले पाँचथरको कुम्मायकका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ। सोमवार मेरिङदेन गाउँपालिका अध्यक्ष गणेश लिम्बू सहितको टोलिले कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङलाई १ लाख रुपैयाँ सहयोग गरेको हो। बाढी पहिरो पीडितलाई राहत बितरण अभियान अन्तर्गत कुम्मायक गाउँपालिकालाई सहयोग गरेको मेरिङदेङ गाउँपालिका अध्यक्ष लिम्बूले बताए ।  


गत कार्तिक १ देखी ३ गते आएको अविरल वर्षादका कारण कुम्मायक गाउँपालिका वडा नं. २ मा भौतिक र मानविय क्षति भएको थियो। बाढी र पहिरो पीडित नागरिकलाई सहयोग रकम हस्तान्त्रण गरेको भन्दै मेरिङदेङ गाउँपालिकाको सहयोग प्रति कुम्मायक गाउँपालिकाले प्रसंशा गरेको थियो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ