रमेश थापा
पाँचथर: पाँचथरको फिदिम नगरपालिकाले फुसको छानो मुक्त बनाउने अभियान अघि सारेको छ । नगरपालिकाले विपन्न समुदायका घरधुरीको फुसको छानो अन्य गर्ने उदेश्यले जस्तापाता बितरण गर्न थालेको हो । “सुन्दर घर परिवारको रहर” कार्यक्रम अनुसार फिदिम नगरपालिकाले आर्थिक बर्ष २०७९÷०८० मा फिदिम नगरपालिका १६८ घरधुरीलाई वितरण गरेको छ । नगर भित्रका आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारहरूलाई जस्तापाता खरिद गरी बितरण गरेको नगरप्रमुख मित्र प्रसाद काफ्लेले जानकारी दिए ।
नगर बिकास कोष मार्फत नगरपालिकाको ६० लाख ६७ हजार ८१० रुपैयाँमा जस्तापाता खरिद गरी १६८ घरधुरीलाई वितरण गरेको हो । नगरपालिकामा वडाको निणर्य अनुसार विपन्न घरधुरीको पहिचान गरी जस्तापाताको लागि सिफारिस गरिएको थियो । सोही अनुसार विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको काफ्लेको भनाइ छ । फुुुसको छानो अत्य गर्ने अभियान फलदायी भएको भन्दै चालु आर्थिक वर्ष २०८०÷०८१ मा पनि १४० परिवारलाई जस्तापाता वितरण गर्ने लक्ष्य लिएको छ । नगरपालिकामा फुसको छानो र चित्राको छानोमा कष्टकर जीवन बिताउदै आएका नागरिकलाई राहत पु¥याउने उदेश्यले यो अभियान र कार्यक्रम राखिएको नागरपालिकाले जनाएको छ ।
.png)