रमेश थापा
पाँचथर- इलामको फाकफोकथुम गाउँपालिकाले उद्यमी महिलालाई सम्मान गरेको छ । गाउँपालिकाले आर्थिक २०७८/०७९ को बजेजबाट “उपाध्यक्षसंग उद्यमी महिला दिदीबहिनी सम्मान कार्यक्रम मार्फत प्रसशा पत्र र नगद सहित पुरस्कृत गरेको हो ।
गाउँपालिकाले करको दायरामा आएका ३ वटा सामुहिक महिला उद्यमीलाई ५० हजारका दरले १ लाख ५० हजार र अन्य २३ जना उद्यमी महिलाहरुलाई जनही २५ हजार गरी २६ महिला उद्यमीलाई ७ लाख २५ हजार नगद सहित प्रसंशा पत्र द्वारा पुरस्कृत गरिएको छ ।
गाउँपालिका गाउँ कार्यपालिकाको निर्णय अनुसार करको दायरामा आएका सफल महिला उद्यमीहरुलाई पेशा प्रति थप उत्तरदायी र जिम्मेवार बनाउने उदेश्यले पुरस्कृत गरिएको गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु) ले बताइन् । उनले आत्मनिर्भर हुन खोजी रहेका महिलाहरुलाई उद्यम क्षेत्रमा प्रेरित गर्ने उद्देश्यले उपाध्यक्षसंग उद्यमी महिला सम्मान कार्यक्रम मार्फत पुरस्कृत गरिएको बताइन ।
गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच उद्यमी महिलाहरुलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा महिला उद्यमीहरुले व्यवसाय सञ्चालन गर्दा देखिएका समस्या र चुनौतिको बिषयमा गाउँपालिकालाई जानकारी गराएका थिए । महिला उद्यमीहरुले आ–आफ्ना उत्पादनहरुको माला बनाई उपाध्यक्ष राईलाई धन्यवाद ब्यक्त गर्दै माला लगाई सम्मान गरेका थिए ।
कार्यक्रम गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु), महिला उद्यमी महासंघ गाउँपालिका अध्यक्ष ममता खनाल र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवनाथ यादव लगायतले निरन्तर रुपमा उद्यम संचालन गरी नमुना उद्यमी बन्न आग्रह गरेका थिए ।
साभार ब्लाष्ट
.png)