Comments Add Comment

इथोपियामा सरकारी र मिलिसियाबिच भिडन्त जारी, २६ को मृत्यु

अदिस अब्बा, ३० साउन । इथियोपियामा सुरक्षा बल र मिलिशिया समूहबीच भिडन्त जारी छ। 

यसैबिच इथियोपियाको फिनोट सेलममा विस्फोट भएको छ। विस्फोटमा २६ जनाको मृत्यु भएको थियो । इथियोपियाको मानवअधिकार आयोगले दुई समूहबीच जारी झडपलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेको छ ।

विदेशी सञ्चारमाध्यमका अनुसार फिनोट सलेम जनरल अस्पतालका सीईओ मनय टेनावले उक्त क्षेत्रमा विस्फोट भएको बताए । विस्फोटमा परी अहिलेसम्म २६ जनाको मृत्यु भइसकेको छ । ५० जना घाइते भएका छन्, जसको अस्पतालमा उपचार भइरहेको छ । सुरक्षाकर्मी र समूहबीच जारी भिडन्तका कारण विष्फोट हुनुअघि १६० जनाको उपचार भइसकेको छ । 

गत अगस्ट ३ मा पनि अम्हारा सरकारी सेना र फानो नामक स्थानीय मिलिसियाबीच लडाइँ भएको थियो । 

इथियोपिया मानव अधिकार आयोगले गम्भीर चिन्ता व्यक्त गरेको छ। दुई समूहबीच केही समयदेखि तनाव जारी छ ।

अगस्ट ३ मा इथियोपियाली सरकारले अम्हारामा छ महिनाको आपतकाल घोषणा गर्‍यो, जुन मिलिशियाहरूले देशमा राष्ट्रिय संकट निम्त्याउन सक्ने बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ