Comments Add Comment

मोटरसाइकल दुर्घटना हुँदा दाङमा दुईजना घाइते

काठमाडौं, २३ मंसिर

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।  बिहीबार घोराही उपमहानगरपालिका १६ धाईरीखुट्टेमा भएको उक्त दुर्घटनामा दुईजना घाइते भएका हुन् । घाइते हुनेहरूमा मोटरसाइकल चालक घोराही १८ का २८ वर्षीय छवि बि.क. र पछाडि सवार ३० वर्षीय वसन्त बि.क. रहेका प्रहरीले जनाएको छ । 

घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ