रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकामा संचालित तमोर लिफ्ट खानेपानी योजनामा अटो सिस्टम जडान गरिएको छ । गाउँपालिकामा संचालित तमोर लिफ्ट खानेपानी योजनाको इन्टेक देखि आरभिटी ६ सम्मका सात स्थानमा अटो सिस्टम जडान गरिएको हो । संघीय खानेपानी ढल व्यवस्थापन आयोजना इलामको १३ लाखको लागतमा सात स्थानमा अटो सिस्टिम जडान गरिएको संघीय खानेपानी ढल व्यावस्थापन अयोजना इलामले जनाएको छ ।
खानेपानी योजनामा जडान गरिएको अटो सिस्टमले विद्युत अनियमित भएकोे समयमा र पानीको लेवल समेत मापन गर्नेछ् । भोल्टेज कम हुदा, विद्युत जाँदा र ट्याङ्कीमा पानी भरिदा अटो स्टिमले काम गर्ने कार्यालयले जनाएको छ । कर्मचारी नभएको समयमा पनि यो उपकरणले काम गर्ने भएकाले खानेपानी योजनामा जनशक्ति कम लाग्ने उपभोक्ता समितिका उपाध्यक्ष गोपाल प्रसाद पोख्रेलले बताए ।
अटो सिस्टमले काम गर्न थालेपछि योजनाको पहिलो आरभिटी देखि ५ नम्बर आरभिटीसम्म एक जना कर्मचारीले काम गर्न सक्ने पोख्रेलको भनाइ छ । यो संगै खानेपानी योजना व्यवस्थापन खर्च घटाउन बिभिन्न प्रविधि अपनाएकाले जनशक्ति घटाउदै जाने पोख्रेलको भनाइ छ ।
.png)