Comments Add Comment

उपाध्यक्ष खड्काको नेतृत्वमा ल्याण्डफिल्ड साइटको कार्यदल गठन

रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकाले उपाध्यक्ष महेन्द्र बहादुर खड्ककाको नेतृत्वमा ल्याडफिल्ड साइट व्यवस्थापनको लागि कार्यदल गठन गरेको छ । यासोक बजारको फोहोरलाई ब्यबस्थित गर्न समस्या भएपछि गाउँपालिकाले सर्वदलिय बैठक राखेर कार्यदल गठन गरेको हो। सर्वदलिय बैठक मार्फत गाउँपालिकाले बजारको फोहोर ब्यबस्थित ब्यबस्थापन गर्न १५ सदस्यीय कार्यदल समिती गठन गरेको छ।
गठित कार्यदलको सदस्यमा वडा नं. १ का वडाअध्यक्ष देबेन्द्रकुमार लावती, वडा नं. ४ का वडाअध्यक्ष फगेन्द्रकुमार सम्बाहाम्फे रहेका छन। त्यस्तै राजनीतिकदलको तर्फबाट कांग्रेसका कुम्मायक सभापती दुर्गा बम्जन, एमालेको तर्फबाट राजकुमार श्रेष्ठ, माओवादीका एगेन्द्र बहादुर खड्का लगायत रहेका छन। त्यस्तै कार्यदलमा उद्योग बाणिज्य संघ, रेडक्रस र कर्मचारीहरु रहेका छन।  
गठित कार्यदलले अल्पकालीन वा दीर्घकालीन रुपमा बजारको फाहोर व्यवस्थापन गर्न चाँडै प्रकृया अघि बढाउने कार्यदलका अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले बताए। गाउँपालिकाले यस अघि वडा नं. १ मा अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्दै आएको थियो। बजारको फोहोर व्यवस्थापन गर्न गठित कार्यदलले अब दीर्घकालीन रुपमा ल्याडफिल्ड साइटको लागि काम गर्ने पालिका अध्यक्ष वंम प्रसाद लावतीले जनाए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ