Comments Add Comment

कुम्मायक गाउँपालिकामा रक्तदान

रमेश थापा
पाँचथर–पाँचथरको कुम्मायक गाउँपालिकामा आइतवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरको प्राविधिक सहयोगमा किराँत याक्थुङ चुम्लुङ र नेपाल रेडक्रस सोसाइटी उप-शाखा यासोकको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। किराँत याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसरमा उक्त संस्था र नेपाल रेडक्रस सोसाइटी उप-शाखा यासोकको सयुक्त आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए।
कुम्मायक गाउँपालिका स्वास्थ्य शाखाको समन्वय साथै उद्योग बाणिज्य संघ यासोकको सहयोगमा २१ जनाले रक्तदान गरेका थिए । ‘रक्तदान जिवन दान’ भन्ने मुल नारा सहित यासोक स्वास्थ्य चौकीमा भएको कार्यक्रममा शिक्षक, कर्मचारी, राजनीतिक दल, रेडक्रस, र किराँत याक्थुङ चुम्लुङ र संघ सस्थाका पदाधिकारी गरी २१ जनाले रक्तदान गरेको कि.या.चु.ले जनाएको छ।
गाउँपालिकाको स्वास्थ्य चौकीमा भएको रक्तदान कार्यक्रमले रगत अभावमा छट्पटिएका विरामीहरुको उपचारमा सहयोग पु¥याउने उदेश्यले रक्तदान गरिएको रेडक्रस सोसाइटी उपशाखा यासोकका सभापति खेमराज निरौलाले जनाए। कुम्मायककै क्यानसर पीडित सिता खवासको उपचारमा रगत अभाव भएको स्मरण गर्दै निरौलाले उनि जस्तै अन्य क्यान्सर पीडित वा अन्य नागरिकको उपचारमा सहज होस भन्ने उदेश्यले रक्तदान कार्यक्रमको अयोजना गरिएको निरौलाको भनाइ छ।
रक्तदान कार्यक्रमकोे उद्घाटन गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले गरेका थिए। सोही अवसरमा स्वास्थ्य शाखा प्रमुख केदार वहादुर खड्का, रेडक्रस जिल्ला शाखा अधिकृत गुरु तिम्सिना, उद्योग बाणिज्य संघ शाखा यासोक अध्यक्ष गोपाल प्रसाद पोख्रेल, लगायत राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारीको सहभागीता रहेको थियो। कार्यक्रम किराँत याक्थुङ चुम्लुङ कुम्मायक अध्यक्ष पदम सुखी सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ