पाँचथरको कुम्मायक गाउँपालिकामा रहेको यासोक क्याम्पसको १७ औँ बार्षिक उत्सब मनाईएको छ। मंगलवार एक कार्यबक्रमका विच क्याम्पसको बार्षिक उत्सब मनाईएको हो।
क्याम्पसको बार्षिक उत्सबमा माबि स्तरिय हाजिरी जवाफ, कबिता वाचन, बक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिएको थियो। जसमा हाजिरी जवाफ प्रतियोगितामा पृथ्वी माबि प्रथम, मेहेल्द्रोदय माबि दोस्रो, जय नारयाण आदर्श माबि मेहेल्भोटेले तेस्रो स्थान हासिल गरेको थिए । त्यसैगरि बक्तृत्वकला प्रतियोगितामा जय नारयाण आदर्श माबि मेहेल्भोट प्रथम, खाल्डे माबि दोस्रो र पृथ्वी माबि तेस्रो भएको थियो ण्। त्यस्तै कबिता वाचन प्रतियोगितामा पृथ्वी माबि प्रथम, मेहेल्द्रोदय माबि दोस्रो, खाल्डे माबिले तेसा्रे स्थान प्राप्त गरेको थियो।
आर्थिक बर्ष २०७९÷०८० मा क्याम्पसमा अध्यानरत अच्चतम अङक ल्याउने सङघर्ष खतिवडा, पवित्रा चम्लागाई, बन्दना पौडेललाई नगद सहित सम्मान गरिएको थियो।
क्याम्पसको शैक्षिक सुधार गर्न आर्थिक रुपमा सहयोग गर्ने दाताहरुलाई पनि सम्मान गरिएको थियो। आर्थिक वर्ष २०७९÷०८० को क्याम्पसको बार्षिक प्रतिवेदन क्याम्पस प्रमुख तिल बहादुर खवासले पेस गर्नु भएको थियो।
कुम्मायाक गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले दिप प्रज्जवलन गर्दे ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा क्याम्पस स्व.यु सभापति मनोज थापा, उद्योग बाणिव्य संघ यासोक साखाका अध्यक्ष गोपाल पोखे्रेल, मेघराज निरौला, राम गजुरेल राजनितिक दलका प्रतिनिधि र संघ सस्थाका प्रतिनिधि साथै बिभिन्न बिद्यालयका शिक्षकको समेत उपस्थिति रहेको थियो। कार्यक्रम क्याम्पस संचालक समिति अध्यक्ष जय बहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो।
२०६४ सालमा स्थापना भएको क्याम्पसमा शिक्षा र व्यावस्थापन संकाय पढाई हुँदै आएको छ। पाँचथरमा शैक्षिक क्षेत्रमा अति नै महत्व बोकेको क्याम्पसको रुपमा पनि यासोक क्याम्पसलाई लिने गरिएको छ।
.png)