Comments Add Comment

कुम्मायकका योजनामा प्रदेशको चासो, विद्यालयका भवनको अनुगमन

रमेश थापा 
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकामा संचालित योजनाहरुको अनुगमन प्रदेश सरकारले गरेको छ । प्रदेश सरकारको सहयोगमा संचालन भएको आयोजनाको अनुगमन कोशी प्रदेशको योजना आयोग, प्रशासन तथा योजना महाशाखाका प्रमुख गणेश अधिकारी सहितको टोलिले गरेको हो । प्रदेश सरकारको लगात निर्माण हुदै आएको विद्यालयका दुई ठुला भवनको अनुगमन गरेको छ । 
टोलीले कुम्मायकको ४ नं. वडा स्थीत तिङ्देन मा.वि.को भवन र कुम्मायक ५ को महेन्द्रदोय मा.वि.को भवन अनुगमन गरेको हो । विद्यालयका दुबै भवनको बाँकी रहेको काम चाँडै सम्पन्न र भवनमा छुटेका विषयलाई समावेश गर्न सुझाव दिएको अधिकारीले बताए ।

गाउँपालिकाको तिङ्देन मा.वि.को भवन निर्माण गर्न प्रदेशको ९१ लाख ५६ हजार ३४६ रुपैयाँको लागतमा अधिकारी निर्माण सेवाले काम गर्दै आएको छ। निर्माण कम्पनीले पुष २९ भित्र काम पूरा गर्ने लक्ष्य लिएको छ । २ तले पक्की भवनमा ८ कोठा रहेका छन । भवनको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ।
त्यस्तै कुम्मायक ५ को महेन्द्रदोय मा.वि.को भवन ७५ लाख ७२ हजार ३७७ रुपैयाँमा कुम्मायकै थ्री लक्ष्मी कन्ट्रक्सन निर्माण सेवाले गर्दै आएको छ । ८ कोठा रहेको दुई तले पक्की भवन निर्माणको काम सुस्तगतिमा अघि बढेको छ । दुई वर्षमा योजनाको काम पूरा नगरेपछि म्याद थप गरी भवनको काम अघि बढेको गाउँपालिकाले जनाएको छ । योजनाको अनुमगनमा गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का, इन्जिनियर महेन्द्र बाँस्कोटा लगायतको उपस्थिति रहेको थियो ।    


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ