रमेश थापा
पाँचथर ः पाँचथरको कुम्मायक गाउँपालिकामा संविधान दिवसको अवसरमा वृह्रत सरसफाई कार्यक्रम सम्पन्न भएको छ। कुम्मायक गाउँपालिकाको आयोजनामा कुस्सायक धार्मिक क्षेत्रमा वृह्रत सरसफाई कार्यक्रम सम्पन्न भएको हो। गाउँपालिकाको पर्यटकीय क्षेत्र समेत रहेको कुस्सायक धार्मिक स्थलको सिँडी, पदमार्ग, मन्दिर परिषर र पोखरीको सरसफाई गरिएको गाउँपालिकाले जनाएको छ। त्यस्तै गाउँपालिकाको परिषरमा वृक्षारोपण समेत परिएको प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापोले बताए ।
सरसफाई अभियानमा कुम्मायक गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का, वडाअध्यक्ष देबेन्द्रकुमार लावती, प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापो, इलाका प्रहरी कार्यालय प्रमुख टंक न्यौपाने, रेडक्रस सोसाइटी यासोक सभापती खेमराज निरौला र उद्योग बाणिज्य संघ यासोक अध्यक्ष गोपाल प्रसाद पोख्रेल लगायत जनप्रतिनिधि, कर्मचारी, व्यवसायी, संघ सस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
.png)