काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री केशव बडालले, देश विकासको आन्दोलनमा महत्वपूर्ण भुमिका खेलेका किसानलाई राज्यले उचित मुल्याङ्कन गर्न नसकेको बताएका छन् ।
नेपालको किसान आन्दोलन विगत, वर्तमान र भविष्य विषयक विचार गोष्ठीमा उनले देश विकासमा किसानको भूमिका महत्वपूर्ण रहेको भन्दै समाजवाद उन्मुख अर्थतन्त्र निमार्णका लागि प्रमुख उत्पादक शक्ति किसान नै भएको बताए ।
उनले भने, ‘यो देशको आन्दोलनमा इतिहासदेखि आजसम्म पनि मूल भुमिका किसानहरुको रहेको छ । समाजवाद उन्मुख अर्थतन्त्र निमार्ण गर्ने कुरामा प्रमुख उत्पादक शक्ति किसान, प्रमुख उत्पादनको शक्ति भूमि त्यसमा वन र खेती योग्य जमिन पर्छ । उत्पादन हुदैँ नभएको होईन् तर प्रतिस्पर्धी हिसाबले अगाडि बढ्न सकेको छैन् यसको निम्ति अलि बढि जोड दिनुपर्छ ।’
उनले देशको विकासको लागि पूर्वाधारको क्षेत्र भनेको जमिन, जङ्गल, वन, जडिबुटि, जनताको श्रम र क्षमता भएको भन्दै यी कुराहरुको संयोजनसहित अघि बढ्ने कुरामा गम्भीर हुनुपर्छ भने ।
‘जडिबुटिका क्षेत्रहरुमा यार्सागुम्बा, गुटि च्याउ सबै हाम्रो उत्पादनहरु हुन् र यो कृषिसँग नै जोडिएका छन् । हाम्रो देशको विकासको लागि पूर्वाधारको क्षेत्रमा जमिन, जङ्गल, वन, जडिबुटि, जनताको श्रम क्षमता यी कुराहरुको संयोजनले अगाडि बढाउने कुरा हो ।’ उनले भने ।
नाम फेर्ने मात्रै होईन, काम फेर्ने र अगाडि बढाउने कुरामा अगाडि बढ्नु पर्ने पनि उनको भनाई छ ।
यस्तै, सोही कार्यक्रममा किसान आन्दोलनका अध्यक्ष विष्णु तिमल्सिनाले कतिपय कुरामा राजनीतिभन्दा माथि उठेर काम गर्न सक्नु पर्ने भन्दै किसानहरुको पक्षमा अब हरेक पार्टीको शिर्ष नेताहरुले सोच्न आवश्यक भएको बताए ।
उनले भने, ‘नेपालको किसानको उन्नतीको लागि पार्टीले नै पहल गर्नुपर्छ, सबै पार्टीले सोच्नु पर्छ । कतिपय कुरामा हामी राजनीतिभन्दा माथि उठ्न सक्नु पर्छ । पार्टीको दबाबका कारणले किसान आन्दोलन हुन नसकेको हो र यसबाट मुक्त हुनको लागि हरेक पार्टीको शिर्ष नेताले सोच्नु पर्छ । आज हजारौ युवाहरु बाहिर जान परेको छ । ठूला दलका नेताहरुले सोच्नु पर्ने अवस्था छ ।’
.jpg)
.png)