Comments Add Comment

सदस्य–सचिव घिसिङ झण्डोत्तोलनमा सहभागी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं १९ औं एसियाली खेलकुदमा सहभागी नेपाली टोलीका चिफ दि मिसन टंकलाल घिसिङ हाङझावस्थित एथलिथ भिलेजमा आयोजित झण्डोत्तोलन कार्यक्रममा  सहभागि भएका छन् । 
सो अवसरमा एसियाडमा सहभागी नेपालसहित ४५ राष्ट्रका प्रतिनिधि, खेलाडीको उपस्थितिमा आ–आफ्नो राष्ट्रका राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको थियो । त्यसै अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव घिसिङ र आयोजकका प्रतिनिधिबीच मायाको चिनो आदान–प्रदान गरिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ