रमेश थापा
यासोक । नेपाल बार एसोसिएशन पाँचथरको १२ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा सन्त राई निर्वाचित भएका छन् । पाँचथरको सदरमुकाम फिदिम भएको अधिवेसनबाट राईलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । उनको नेतृत्वमा ९ सदस्य कार्यसमिति गठन गरिएको छ ।
अधिवेसनबाट गठित समितिको उपाध्यक्ष गणेशप्रसाद पोखरेल, सचिव जयप्रकाश केरुङ, सहसचिव आस्था राई र कोषाध्यक्ष शर्मानन्द सिग्देल निर्वाचित भएका छन । समितिको सदस्यहरुमा क्रमश ः चन्दन रेग्मी, टिका तिम्सिना, लिलाप्रसाद राई, सहमान विश्वकर्मा ९ सदस्य समिति सर्वसम्मत निर्वाचित भएका छन ।
त्यस्तै सोही अधिवेसनले केन्द्रीय पार्षदमा अधिवक्ता छवि बास्कोटा र खगेन्द्र बास्कोटा चयन गरेको छ । अधिवेशन उद्घाटन जिल्ला न्यायाधीश टिकेन्द्र दहालले गरेका थिए । बुधबार भएको १२ औं अधिवेशनमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, पत्रकारहरुले धाराणा राखेका थिए ।
.png)