रमेश थापा
यासोकः पाँचथरको कुम्मायक गाउँपालिकाका क्यानसर पीडितलाई १ लाख ४५ हजार आर्थिक सहयोग गरिएको छ। कुम्मायक–५ निगालेका क्यान्सर पीडित बीर बहादुर तामाङलाई समाजसेवी दल बहादुर चेम्जोङको परिवारले १ लाख ४५ हजार रुपैयाँ सहयोग गरेको हो।
क्यानसर पीडित तामाङको उपचारमा सहयोग पु¥याउने उदेश्यले काठमाडौं निवासी समाजसेवी दल बहादुर चेम्जोङको परिवारले आर्थिक सहयोग गरेको शिक्षक डिल्लीश्वर चेम्जोङले जानकारी दिए।
आर्थिक अवस्था कमजोर भएका कारण तामाङको उपचारमा समस्या हुदै आएको पीडित परिवारले जनाएको छ। हाल दाताको सहयोगमा तामाङको उपचार हुदै आएको छ।
.png)