Comments Add Comment

भवन निर्माण गर्न हङकङको सहयोग

रमेश थापा
पाँचथर– पाँचथरको कुम्मायक गाउँपालिकामा पापोहाङ लावती सयङको भवन निर्माणको लागि आर्थिक सहयोग जुटेको छ । कुम्मायक–१ मा निर्माणधिन लावती सयङको भवन निर्माणको लागि पापोहाङ लावती सयङ प्रवास समिति हङ्कङबाट आर्थिक सहयोग जुटेको हो ।
निर्माणधिन भवनको काम अघि बढाउँन प्रबास समितीले संकलन गरेको ३ लाख ८० हजार ४ सय ९० रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको पापोहाङ लावती सयङ कुम्मायक गाउँकार्य समितीले जनाएको छ ।
प्रवास समिति हङकङका अध्यक्ष कमल प्रसाद लावतीको अगुवाइमा रकम सङ्कलन गरी भवन निर्माणमा सहयोग गरेको कुम्मायक–१ का वडअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए । त्यस्तै सयङको उपत्यका कार्यसमितिले पनि रकम संकलन गरी भवन निर्माणको लागि आर्थिक सहयोग गरेको छ । उपत्यका समितिले नगद ४२ हजार सहयोग गरेको वडाअध्यक्ष लावतीले जानकारी दिए ।
भवन निर्माण गर्न आर्थिक वर्ष २०७८/०७९ मा वडाको जनश्रमदान सहितको १४ लाख ८२ हजार ९१७ रुपैयाँ रकम खर्च गरेको थियो । सो रकमबाट पहिलो तला ढलान भएको छ । त्यस्तै चालु आर्थिक वर्षमा पनि १० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको लावतीको भनाइ छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ