Comments Add Comment

ओलीले भने, ‘सोचेको कुरा साँच्चै भईरहेको हुन्छ, हिजो त्यस्तै भयो’

काठमाडौं, २० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कलाकार मदनकृष्णको शो हेरेर आफु प्रफुल्लित भएको बताएका छन् ।

हिजो साँझ काठमाडौंमा ‘मदनकृष्णको मुड’ नामक कार्यक्रममा सहभागी भए पछि आफुले सोचे झै भएको बताएका हुन् । 

‘कहिलेकाहीं यस्तो भइदिए पनि हुन्थ्यो भनेर मनले सोचेका कुरा साँच्चै भइरहेको हुन्छ, हिजो त्यस्तै भयो,’ उनले लेखेका छन, ‘हाम्रा प्रख्यात कलाकार मदनकृष्ण श्रेष्ठको एकल गायन सुन्ने, हेर्ने मौका मिल्यो, उहाँकै अगाडि बसेर गीत सुनियो, भनाइ सुनियो, बेलाबेला हाँसियो, बेलाबेला भावुक पनि भइयो।’

सो कार्यक्रमा ओलीसहित पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई, सन्दुक रुइतलगायत शिर्ष नेताहरुको उपस्थित रहेको थियो । सो कार्यक्रम हेरेर फर्के पछि आज बिहान ओलीले लेखेका छन, ‘मदनकृष्णको मुडसँगै महत्वपूर्ण भेटघाटको पनि अवसर जुर्यो, शुभ बिहानी ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ