रमेश थापा
यासोक: पाँचथरको कुम्मायक गाउँपालिकाका कर्मचारी आन्दोलित बनेका छन्। संघीय निजामती सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको ११ वटा मागहरु समावेस गरी तत्काल ऐन जारी गर्न माग गर्दै आन्दोलित भएका हुन ।
आइतवार गाउँपालिकाले एक विज्ञप्ती सार्वजनिक गर्दै अत्यावश्यक काम बाहेक अन्य काम नगर्ने जनाएको छ। संघर्ष समिति कुम्मायक संयोजक भेषराज थापाले गाउँपालिका र सबै वडा कार्यालयहरुमा असोज २१ देखि अनिश्चित कालसम्मको लागि अत्यावश्यक काम बाहेक अन्य काम गर्ने बताए। कर्मचारीहरुले ऐक्यवद्धता र सहजिकरणको लागि भन्दै गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीलाई ध्यानकर्षण पत्र र विज्ञप्ती बुझाएका छन् ।
कुम्मायक गाउँपालिका सहित जिल्लाका सबै स्थानीय तहका कर्मचारीहरुले आफ्ना माग पुरा नभएसम्मको लागि अनिश्चितकालिन पेन डाउन गरिएको जिल्ला संयोजक महेन्द्र बास्कोटाले जनाए। उनले स्थानीय तहका कर्मचारीहरुको सेवा र सुरक्षा सुनिश्चित गर्नको लागि केन्द्रिय संघर्ष समितिले तय गरे अनुसार को आन्दोलनका कार्यक्रमहरु जिल्लामा पनि लागु गरिएको बास्कोटाको भनाइ छ ।

.png)