Comments Add Comment

पत्रकारमाथि भएका हातपात र धम्कीका घटनामा संलग्नमाथि कारबाही गर्न महासंघको माग

काठमाडौं, २६ मंसिर । नेपाल पत्रकार महासंघले पत्रकारमाथि भएका दुर्व्यवहार, हातपात र धम्कीका घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ। 

समाचार संकलनका क्रममा बाँके र चितवनका पत्रकारमाथि भएको दुव्र्यवहार, हातपात र धम्कीका घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै महासंघले उक्त घटनामा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेको हो । 

‘नागरिकलाई सुसूचित गराउने संवैधानिक दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि भएको दुर्व्यवहार, हातपात र धम्कीका घटना प्रेस स्वतन्त्रताविरोधी हर्कत हुन्,’ महासंघ महासचिव रोसन पुरीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘महासंघ प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्यको कडा शब्दमा भत्र्सना गर्दछ । र, घटनामा संलग्न जो कोही भए पनि कानुनी दायरा ल्याउन र पत्रकारलाई निर्वाध र निर्भीक रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’ 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ