पाँचथर- पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङबुङको कालिका मा.वि. का बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र न्यानो कपडा बितरण गरिएको छ । दाताहरुको सहयोगमा जनसेवा समाजले बाल केन्द्र देखि ८ कक्षा सम्मका १ सय ३८ जना बिधार्थीहरुलाई चिसोबाट बच्न न्यानो कपडा बितरण गरिएको समाजकी कोषाध्यक्ष देविमाया बुढाथोकीले जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई नेपाली सेनाको रणसेर गणका गणपती सुरज राउत तथा गणपरिवार, सशस्त्र प्रहरी बल हिमशिखर गुल्मका गुल्मपती किशोर कुमार श्रेष्ठ तथा गुल्म परिवार साथै फिदिम २ का निर्माण व्यवसायी शंकर कुमार थापाको सयुक्त सहयोगमा ६१ हजार ७ सय ५० रकमको स्वीटर, टोपी र स्टेसनरीका सामाग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख सेनानी सुरज राउत, सशस्त्र प्रहरी नायव उपरीक्षक किशोर कुमार श्रेष्ठ, शंकर कुमार थापा लगायतका अतिथिहरुको उपस्थिति रहेको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताउनुभयो । समाजले दाताहरुको सहयोगमा विपन्न असाय अपाङ र प्राकृतिक प्रकोप पीडित नागरिकलाई समाजको स्थापना काल देखि सहयोग र उद्दार गर्दै आएको छ ।
.png)