Comments Add Comment

पिएसजीको जितमा किलियन एम्बाप्पेको ह्याट्रिक

काठमाडौँ, २६ कार्तिक । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले रेइम्समाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा पिएसजीले रेइम्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । एमबाप्पेले खेलको तेस्रो, ५९औं र ८२औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए।

यो जितपछि पिएसजी फ्रेन्च लिग वानमा शिर्ष स्थानमा उक्लिएको छ । पिएसजीको १२ खेलमा २७ अंक रहेको छ । त्यसैगरी रेइम्सको १२ खेलमा २० अंक छ र लिगमा चौथो स्थानमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ