Comments Add Comment

नवमीडाँडामा लैङ्गिक तथा घरेलु हिंसा न्यूनिकरण तालिम

दिपक दुलाल
पाँचथर-पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१,नवमीडाँडामा लैङ्गिक तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी १ दिने तालिम सम्पन्न भएको छ । तालिममा  शारीरिक हिंसा, मानसिक हिंसा, यौनजन्य हिंसा, आर्थिक हिंसा लगायतका लैङ्गििक तथा घरेलु हिंसा न्यूनिकरण तथा कानुनी व्यवस्थाको बारेमा छलफल भएको थियो ।
साहसी महिला बहुउद्धेश्यीय सहकारी संस्थाको भवनमा सञ्चालन भएको तालिममा विभिन्न संघसंस्था तथा सहकारी संस्थाका प्रतिनिधीहरु, महिला सहकारी संस्थाका पदाधिकारीहरु, समाजसेवी, बुद्धिजिवी ,सञ्चारकर्मी लगायत २२ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण फिदिम नगरपालिकाकी महिला विकास निरीक्षक शर्मिला खापुङ र फाल्गुनन्द गाउँपालिकाकी सामाजिक परिचालिका बसन्तकला पौडेलले गर्नुभएको थियो ।
तालिम फाल्गुनन्द गाउँपालिका महिला तथा बालबालिका शाखा कार्यालय फाक्तेपले आयोजना गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ