कुम्मायक गाउँपालिका केन्द्रमा रहेको नवनिर्मित महागुरुको शालिक अनावरण गर्दै गाउँपालिका अध्यक्ष वंम प्रसाद लावती ।
रमेश थापा
पाँचथर—पाँचथरको कुम्मायक गाउँपालिकामा १६ औ राष्ट्रिय विभूती समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनको १३९ औंजन्म जयन्तीको अवसरमा नवनिर्मित शालिक अनावरण गरिएको छ । गाउँपालिकाले ३५ लाखमा निर्माण गरेको शालिक गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले अनावरण गरेका थिए । जन्मजयन्तीको अवसरमा कक्षा ४ र ५ मा अध्यायन गर्ने ३९ विद्यालयका ३ सय बढि विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको अक्षयकोष संचालक समितिका अध्यक्ष सुर्य बिक्रम चेम्जोङले जानकारी दिए ।
कुम्मायक–कुस्सायक तथा महागुरु फाल्गुनन्द शालिक संरक्षण समितिको अक्षयकोषमा ३३ लाख जम्मा भएको र सो रकम सहुलियत व्याजदरमा रकम लगानी गर्ने तयारी गरिएको शालिक संरक्षण समितिका कार्यवाह अध्यक्ष देबेन्द्रकुमार लावतीले बताए ।
त्यस्तै कुम्मायक–२ को माङ्जाबुङको किरात हाङ्साम सेसेलुङ युमा माहिममा पनि जन्मजयन्ती तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ ।
कुम्मायक–२ माङजाबुङको किरात हाङ्साम सेसेलुङ युमा माहिममा दिप बालेर जन्मजयन्तीको उत्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का ।
किरात मुन्दुमका प्रमुख सम्पादक तथा पुजारी तेज बहादुर थलङले महाबत्ती सहित १३९ दिप बालेर उद्धघाटन गरेका थिए । कार्यक्रममा प्रमुख अथिति गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले कार्यक्रमको उत्घाटन गर्दै युमा माहिममा पुजारीहरुलाई बस्न समस्या भएको भन्दै गाउँपालिकाले आवास सहितको भवन निर्माण गर्ने प्रतिवद्धता जनाएका थिए ।
सोही अवसरमा किरात याक्थुङ पापोहाङ सेर्मा सङजुम्भोले याक्थुङ स्टारका बिजेता गायक बि.बि सेर्मालाई सम्मान गरेको छ । त्यस्तै सेर्माहरुको वंशावली संकलन, सम्पादन गरी वंशावली तयार गरेको भन्दै लक्ष्मीकुमार सेर्मालाई पनि ताम्रापत्र र नगद २५ हजार सहित अभिनन्दन गरिएको सेर्मा सङजुम्भोका केन्द्रिय सचिव खिमसेमी सेर्मा बताए ।
.png)