Comments Add Comment

रोनाल्डो र क्यान्सेलोको गोलमा पोर्चुगल विजयी

काठमाडौं, १ मंशिर । युइएफए युरोकप छनौट अन्तर्गत पोर्चुगलले अर्को जित हासिल गरेको छ ।

समुह जे मा रहेको पोर्चुगलले गएराती सम्पन्न खेलमा लिएचटेनस्टेइनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र जोअओं क्यान्सेलोले एक एक गोल गरेका थिए ।

युरोकप छनौटमा पोर्चुगलको यो लगातार नवौं जित हो । युरोकपका लागि यसअघि नै छनौट भएको पोर्चुगलको समुह जे मा ९ खेलमा २७ अंक रहेको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै लिएचटेनस्टेइनले भने ९ खेलमा सबै खेलमा हार बेहोरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ