Comments Add Comment

भलिबलको उपाधि फाल्गुनन्द गाउँपालिकालाई

रमेश थापा
पाँचथर: द्धितीया मेला तथा भलिबल प्रतियोगिताको उपाधि फाल्गुनन्द गाउँपालिकाले उचालेको छ। दिपावलीको अवसरमा पाँचथरको वासाँगुमा भएको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको फाइनल खेलमा कुम्मायक गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै फाल्गुनन्दले उपाधि उचालेको हो। 


उपाधिको लागि फाल्गुनन्दले २५–१६,२२–२५ र २१–२५ को सोझो सेटमा कुम्मायकलाई पराजित गर्दै उपाधि हात पारेको हो। बिजेता बनेको फाल्गुनन्दले नगद १ लाख १५ हजार ५१५ रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो। उपबिजेतामा चित्त बुझाएको कुम्मायकले नगद ६५ हजार ५६५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो। 

बिजेता बनेको फाल्गुनन्दको तर्फबाट बेष्ट स्पाइकर दिपेश नेम्वाङ, लिब्रो बसन्त आङदेम्बे र बेष्ट प्लेयर देबेन चेम्जोङ घोषित हुदै नगद, ट्रफि, मेडल र प्रमाणपत्र हात पारे। त्यस्तै कुम्मायकको तर्फबाट बेस्ट ब्लकर पुजन खत्री, बेस्ट सेटर कविन निरौला घोषित हुदै नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगिताका बिजेता र उपविजेता टोलिलाई गाउँपालिका अध्यक्ष वृजहाङ आङ्देम्बे, फाल्गुनन्द–६ र ७ का वडाअध्यक्ष नारायण प्रसाद र देउ कुमार आङदेम्बे, पूर्व पालिका अध्यक्ष बीर बहादुर कुरुम्बाङ लगायतका अथितिहरुले पुरस्कार बितरण गरेका थिए।

त्यस्तै केलाङ प्रतियोगिताको प्रथम सेक्कमुरी फुङ सङजुम्भो मिक्लाजुङ–१ पाँचथर र दोस्रो नामसामी केसामी केलाङ संस्था फाल्गुनन्द–४ भएका थिए। केलाङ प्रतियोगिताको प्रथम र दोस्रो बिजेताले क्रमशः नगद १७ हजार ५ सय रुपैंयाँ सहित प्रमाणपत्र र नगद १२ हजार ५०० सय रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेको त्रिवेणी युवा क्लबका अध्यक्ष यमराज आङ्देम्बेले बताए ।
कात्तिक २९ गतेदेखि सुरु भएको भलिबल प्रतियोगिता मंसिर २ गतेसम्म संचालन भएको थियो।  प्रतियोगितामा तेह्रथुम, पाँचथर र इलाम जिल्लाका १२ टीम सहभागी रहेको भलिबल खेल संयोजक एकान्त कुरुम्बाङले जानकारी दिए। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ