Comments Add Comment

अजरबैजानमाथि बेल्जियमको फराकिलो जित, लुकाकुले गरे चार गोल

काठमाडौँ, ४ मङ्सिर । युरोकप छनौट अन्तर्गत बेल्जियमले अजरबैजानलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बेल्जियमले अजरबैजानलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

बेल्जियमको जितमा रोमेलु लुकाकुले चार गोल गरेका थिए । त्यस्तै अर्को गोल लीन्द्रो ट्रोसार्डले एक गोल गरेका थिए । यस खेलमा अजरबैजानका एडी पासकुलले खेलको २४औं मिनेटमा रातो कार्ड कार्ड पाएका थिए ।

यो जितसँगै युरोकप छनौटको समुह एफमा ८ खेलमा २० अंकसहित पहिलो हुदैँ युरो कपमा छनौट भएको छ । यस समुहबाट अस्ट्रिया ८ खेलमा १९ अंकसहित दोस्रो हुदै युरोकपमा छनौट भएको छ ।

त्यस्तै अजरबैजानको भने ८ खेलमा ७ अंक रहेको छ र समुहमा चौथो स्थानमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ