Comments Add Comment

अल शिफा अस्पताल मुनी हमासको सुरूङ- इजरायल, बनाएका नै छैनौं- हमास

गाजा, ४ मंशिर  । इजरायलले हमासले अल शिफा अस्पताल मुनिको ५५ मिटर लामो सुरुङमा एक सैनिक र दुई विदेशीलाई बन्धक बनाएको आरोप लगाएको छ। 

इजरायली सेनाले एउटा भिडियो पोस्ट गर्‍यो, जसमा सुरुङ देखाइएको थियो। सेनाले अल शिफाको कम्पाउन्ड मुनि १० मिटर गहिरो सुरुङ खनेको दाबी गरेको छ ।

गत हप्ता इजरायलले अल शिफा अस्पताल कब्जा गरेको थियो, त्यसपछि इजरायली सेनाले अस्पतालका धेरै भवनहरू खोजी र धेरै कथित प्रमाणहरू प्रस्तुत गरिरहेको छ । उसको दाबी अनुसार अस्पताल मुनिको बंकरमा हमास लडाकुहरू बसिरहेका थिए।

समाचार एजेन्सी रोयटर्सका अनुसार हमासले भने गाजाभरि सयौं किलोमिटर लामो सुरुङ निर्माण गरेको स्वीकार गरेको छ । हमासले आफूसँग सुरुङ, बङ्कर र एक्सेस शाफ्टको सञ्जाल रहेको स्वीकार गरेको छ । तर अल शिफाभित्र कुनै पनि सुरुङ निर्माण नगरेको हमासले जनाएको छ ।

इजरायली सेनाले अल सिफा अस्पतालमा आफ्ना सबै नागरिकहरूको खोजी गरिरहेको जनाएको छ, जसलाई हमासले अक्टोबर ७ को हमला पछि अपहरण गरेको थियो। जसअनुसार इजरायली सेनाले अल शिफा नजिकै एक बन्धक महिलाको शव फेला पारेको थियो। इजरायलले उक्त महिलाको नाम नोआ मार्सियानो भएको र उनी इजरायली सेनाको सिपाही भएको दाबी गरेको छ । 

यद्यपि हमासले इजरायलको आरोप अस्वीकार गरेको छ तर नोआ मार्सियानो इजरायली हवाइ हमलाको परिणाममा मारिएको जनाएको छ ।

नोआको मृत्युमा सेनाले भन्यो, ‘नोआको अल शिफा अस्पतालमा हमास आतंकवादीले हत्या गरेको थियो। इजरायली सेनाले मार्सियानोको परिवारको हेरचाह गर्नेछ। हामी बन्धकहरूलाई फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेका छौं।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ