Comments Add Comment

कुम्मायक गाउपालिकामा १६ हप्ते आई. पि. एम. कृषक पाठशाला शुरु

पदम सुखी सम्बाहाम्फे

पाँचथर-२४ पौष पाचथरको कुम्मायक गाउँपालिका -५ स्थित स्याबरुम्बामा आई.पि.एम कृषक पाठशाला सुरु भएको छ । टमटर खेतिका लागि शुरु भएको सो कृषक पाठशालामा करिब २५ जना स्थानीय कृषकहरुको सहभागिता रहेको छ । बिहिवार आइ.पि.एम कृषक पाठशालाको उद्घाटन समारोहमा कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर बिष्टले यो पाठशालामा धेरै मिहेनत गरेर राम्रो सङ्ग ज्ञान सिक्न अनुरोध गर्नु भयो । सो कार्यक्रममा कुम्मायक -५ का वडा सदस्य इन्द्र बहादुर चेम्जोङ , राष्ट्रिय कृषक समूह महासंघ नेपाल पाँचथरका अध्यक्ष तथा कार्यक्रमका सहजकर्ता गणेश पोख्रेल, निगाले कृषि सहकारी संस्थाका अध्यक्ष महेन्द्र बहादुर खड्का, कुम्मायक गाउँपालिका कार्यलय कृषि शाखाका प्रमुख इम कुमारी तामाङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा आयोजक थोक्पेला महिला कृषक समुहका तर्फ बाट यसोदा चेम्जोङले स्वागत मन्तब्य राख्नु भएको थियो । सो कृषक पाठशालामा टमटर खेतीको शुरुवात देखि अन्त्य सम्मको खेती प्रणाली प्रशिक्षण दिइने आयोजकका सचिब बिमला हेम्ब्याले बताउनु भयो । पाठशाला न्युनतम १६ हप्ता सम्म चल्ने बताइएको छ । कृषक पाठ्शाला कार्यक्रम ल्याउन अहम भुमिका खेल्ने निगाले कृषक सहकारी सस्थाका अध्यक्ष महेन्द्र बहादुर खड्कालाई सबैले धन्यवाद दिनु भएको थियो । यो कार्यक्रम ल्याउन मिहेनत गर्ने निगाले सहकारी सस्थाका अध्यक्ष महेन्द्र बहादुर खड्काले समाज र गाउँका लागि अनि हाम्रो समाजको गरिबि स्तर सुधार्न, साथै कृषकलाई आधुनिक खेती प्रणालीमा केही सहयोग पुगोस भनेर यो अभियान गरेको बताउनु भयो । आई.पि.एम कृषक पाठशाला पाँचथरका २ वटा वडामा मात्र संचालन हुदैछ । कुम्मायक ५ र हिलिहाङ गाउँपालिका वडा नम्बर ७ मा संचालित प्रोजेक्ट हो । त्यसैगरी ताप्लेजुङमा पनि २ वटा वडामा संचालन हुने बताइएको छ । उक्त उद्घाटन कार्यक्रम थोक्फेला महिला कृषक समुहका अध्यक्ष बुद्धमाया चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ