Comments Add Comment

गाजामा अझै २० नागरिक बन्दी रहेको थाइल्याण्डद्दारा जानकारी

बैंकक । थाइल्याण्डले गाजामा अझै २० नागरिक बन्दी रहेको जनाएको छ । 

गाजामा १० जनालाई रिहा गरिसकेपछि पनि २० नागरिक अझै बन्दी रहेको उसले जनाएको हो ।

थाइल्याण्डको परराष्ट्र मन्त्रालयले इजरायलसँगको युद्धविराम सम्झौताको बीचमा हमासले १० जनालाई आकस्मिक रिहा गरेको एक दिनपछि २० जना थाई नागरिक गाजामा बन्दी रहेको पुष्टि गरेको हो ।

शुक्रबार रिहा गरिएका २४ बन्दीमध्येका १० जना अस्पतालमा रहेर ४८ घण्टा पछि थाइल्याण्ड फर्किने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जारी गरेको तस्बिरका अनुसार रिहा गरिएका थाई बन्दीहरूमा एक महिला पनि छन्।

मन्त्रालयले कतार, इजरायल, इजिप्ट, इरान र मलेसिया र रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई धन्यवाद दिएको छ । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ