Comments Add Comment

गाजा युद्दबिरामको स्वागत गर्दै अष्ट्रेलियाली प्रधानमन्त्रीले भने, दिर्घकालिन शान्तिमा बदलौं’

सिडनी, ९ मंशिर । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले हमास इजरायल युद्दबिरामको स्वागत गरेका छन ।

हमासले बन्दीहरूको रिहाइ गरेको तथा इजरायलले गाजामा मानवीय सहयता पुर्याउनका लागि गरेको योगदानको स्वागत गरेका हुन् । 

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले गाजाबाट बन्दीहरूको रिहाइ र युद्धविरामको स्वागत गरेका छन् । उनले दिगो युद्धविराम र दीर्घकालीन, स्थायी शान्तितर्फ कदम चाल्नसमेत आह्वान गरेका छन्।

सामाजिक सञ्जालमा एक पोस्टमा अल्बानीजले भनेका छन कि, ‘बन्दीहरूलाई मुक्त गर्न र गाजा पट्टीमा मानवीय पहुँचलाई अनुमति दिन महत्वपूर्ण प्रगतिको प्रतिनिधित्व गर्दछ र अष्ट्रेलियाले तिनीहरूलाई स्वागत गर्दछ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ