पाँचथर–पॉचथरको कुम्मायक गाउँपालिकामा सोमवारबाट सुरु भएको कुम्मायक कुस्सायक अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगितामा ब्रोदर्श युनाइटेड क्लव झापाले सानदार जित निकालेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सयपत्री क्लव (निलो)लाई २ का बिरुद्ध ५ गोल गर्दै ब्रोदर्श युनाइटेड क्लव झापाले सानदार बिजय हात पारेको हो । प्रतियोगिताको पहिलो चरणको खेलमा उकृष्ट खेल प्रर्दशन गरेको आयोजकले खेलको १ र ४ मिनेटमा २ गोल गर्दै अग्रता कायम गरेको थियो । दबावमा परेको ब्रदर्श युनाइटेड क्लव झापाले ११ र २४ औं मिनेटममा २ गोल गर्दै खेललाई बराबरीमा रोक्न सफल भएको थियो ।

पहिलो खेलको दास्रो चरणमा ब्रोदर्श युनाइटेड क्लव झापा हावी भयो । उसले क्रमश :- १६, २२ र ३४ औं मिनेटमा ३ गोल फर्काउदै २-५ अन्तरमा सानदार जित निकाल्न सफल भएको थियो । प्रतियोगितामा उकृष्ट खेल प्रर्दशन गर्ने ब्रोदर्श युनाइटेड क्लव झापाका मनोज सेलिङ घोषित भए । उनले नगद पॉच हजार हात पारे ।
प्रतियोगिताको बिजेताले नगद ३ लाख ३३ हजार ३३३ रुपैंयॉ प्राप्त गर्नेछ । उपबिजेताले नगद १ लाख ६६ हजार ६६६ रुपैंया प्राप्त गर्नेछ । हरेक खेलको म्यान अफ् दि म्याचलाई नगद ५ हजार रुपैंयॉ र बिधागत तर्फका उत्कृष्टलाई जनही ८ हजार रुपैंया प्रदान गर्ने आयोजक सयपत्री क्लवका अध्यक्ष शिव लावतीले जनाए ।
दोस्रो खेल चैत २९ गते केएफसी झापा र खेवाङ एफसी ताप्लेजुङबीच हुनेछ । सोमबारबाट सुरु भएको प्रतियोगिताको उद्धघाटन पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा संघीय सांसद बसन्तकुमार नेम्वाङले गरेका थिए ।

.png)