Comments Add Comment

यासोक-देउराली समाजको अध्यक्षमा फेवदिन सर्वसम्मत चयन

खनाल बिन्दु,काठमाडौं !

समाजको अध्यक्षमा पदम फेवदिन सर्वसम्मत चयन भएका छन् । काठमाडौँ उपत्यकामा रहेका कुम्मायक गा.पा र फाल्गुनन्द वडा नं ६ र ७ निवासीहरुको सामाजिक संस्था यासोक-देउराली क्षेत्र सेवा समाज, काठमाडौंको आज मध्यबानेश्वरमा सम्पन्न साधारण सभा नेतृत्व दोश्रो पुस्तामा हस्तान्तरण गर्दै सम्पन्न भएको हो।

कार्यक्रम पूर्व राज्यमन्त्री तथा संविधान सभा सदस्य एवं समाजका संस्थापक संरक्षक मा.डम्वरसिं सम्वाहाङ्फेको प्रमुख आथिथ्यता, संविधान सभा सदस्य मा.भीष्मराज आङ्देम्वेको बिशिष्ठ आतिथ्यता, एवं पूर्व राष्ट्रिय सभा सदस्य धना खतिवडा र संविधान सभाका सदस्यहरु मा. ध्रुव आङ्देम्वे र मा. अईन्द्रसुन्दर नेम्वाङ लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो भने उद्घाटन मा.डम्बर सम्वाहाङफेले गर्नु भएको थियो।

सोही अवसरमा सगरमाथा आरोही द्वय सुशील शेर्मा र देउराली चाम्लिङ तथा बिद्यावारिधी गर्नु हुने प्रा. डा. ऋषिराम रिजाल, डा.देउमान सम्वाहाङ्फे, डा.गुरुप्रसाद पोखरेल, डा.लोचन रिजाल र डा.समीर खतिवडालाई सम्मान गरिएको थियो। सो साधारणसभाले समाजको अध्यक्षमा पदम फेवादिन, उपाध्यक्षमा बिन्देश्वर खनाल र देविन्द्र चम्लागाई, सचिवमा दिनेश खतिवडा, सहसचिवमा गंगा रिजाल,कोषाध्यक्षमा भवानी निरौला,सहित १९ सदस्यीय कार्य समिति सर्वसम्मतिले निर्वाचित गरेको छ। बाँकी ४ जना सदस्यको कार्य समिति मनोनयन गरि २३ सदस्यीय कार्य समितिलाई पूर्णता दिईने  निर्वाचन समितिले जनाएको छ । साधारणसभाले सागठनिक,आर्थिक प्रतिवेदन तथा बिधान संशोधन प्रस्ताव सर्वसम्मत र सौहार्दपूर्ण वातावारणमा पारित गरेको थियो भने समितिको कोषमा ६ लाख वढी रकम मौज्दात रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ