रमेश थापा
पाँचथर- तेह्रथुमको फेदाप गाउँपालिका २ साविक ओयाक्जुङ ५ का महाप्रसाद दुलाललाई प्रवासले आर्थिक सहयोग गरेको छ । दुलालको लामो समयदेखि पेटको आन्द्रामा घाउ भएपछी उपचार गर्दै आएका थिए । तर आर्थीक अभावका कारण समस्या भोग्दै आएका उनलाई प्रवासबाट संकलन गरिएको १ लाख ४५ हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो । आर्थीक समस्या कै कारण उपचारमा समस्या भएका दुलालको बारे समाचार प्रकाशन तथा प्रसारण भए सँगै प्रवासमा रहेका युवाहरुबाट सहयोग संकलन गरी पीडितलाई हस्तान्तरण गरिएको थियो ।
पीडितका बुवा लेख प्रसाद दुलाललाई म्याङलुङ नगरपालिकाको जिरीखिम्ती बजार स्थीत वृद्ध विश्राम तथा परोपकार केन्द्रमा रकम हस्तान्तरण गरिएको थियो । इजरायलमा रहेका देव बास्कोटा र धनप्रसाद पौडेल मलेसिया, दुर्ग बहादुर कार्की, बिरेन्द्र लिम्बु, रेशम मिरार बिशाल भुजेल, टेकबहादुर साउद, बिष्णु कार्की र रोहित कार्कीको अभियानमा सहयोग रकम सकंलन गरिएको ईजरायलबाट देव बास्कोटाले जनाए । पिडीत परिवारलाई म्याङलुङ नगरपालिकाका नगरप्रमुख सञ्जय कुमार तुम्बाहाम्फेले हस्तान्तरण गर्दै सहयोगी दाताहरुको प्रशंसा गरे । त्यस्तै नगरपालिकाका उपप्रमुख जमुना कार्की सुबेदीले प्रवासमा आफुले बगाएको पसिनाको कमाई गाउँका दुरदराजमा रहेका दुखी पिडितलाई सहयोग गर्नु नै महान कार्य रहेका बताइन् ।
४० बर्षका दुलाल उपचार मोरङको बिराटनगर स्थीत नोवेल अस्पतालमा हुदै आएको छ । प्रवासबाट सहयोग प्राप्त सँगै पीडित बिरामीलाई राहत मिलेको उनका बुवा लेख प्रसाद दुलालले बताए। कार्यक्रममा स्वागत मन्तव्य परोपकार केन्द्र सांगितीक विभाग प्रमुख युवराज फुयालले राखेका थिए । त्यस्तै हेम एण्ड माया फाउण्डेशन कोशी प्रदेशका अध्यक्ष मित्र नेपालीले मन्तव्य राखे । कार्यक्रमको सञ्चालन केन्द्र सचिव तथा समाजसेवी सुविन्द्र थेगुवाले गरेका थिए ।
सहयोग रकम हस्तान्तरण कार्यक्रम जिरिखिम्ती वृद्ध विश्राम तथा परोकार केन्द्रको आयोजनामा गरिएको थियो। पछिल्लो समयमा प्रवासमा रहेका युवाहरुले आर्थीक अभावका कारण थलिएका पीडितहरुलाई सहयोग गर्दै आएका छन । जसबाट उनिहरुलाई राहत मिलेको छ।
.png)