Comments Add Comment

घट्यो सुनको मूल्य

काठमाडौं, २७ मंसिर ।  सुनको मूल्य मंगलबार तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख रुपैयाँ कायम भएको छ ।  

यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख २०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ९९ हजार पाँच सय रुपैया तोकिएको छ । यसको मूल्य अघिल्लो दिन ९९ हजार सात सयमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलाको १३ सय ९० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ