Comments Add Comment

ट्याक्टरबाट खसेर १७ वर्षीय युवकको मृत्यु

काठमाडौं, २७ मंसिर  

दाङमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । दाङको दंगिशरण गाउँपालिका - ३ एकलीमा ट्याक्टरबाट खसेर  स्थानीय १७ वर्षीय सुदिप चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

चौधरीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । सोमबार साँझ  रा १ त ४५९३ नम्बरको गुडिरहेको ट्याक्टर चौधरी अचानक खसेका थिए । ट्याक्टर नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय हेकुलीले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ