रमेश थापा
पाँचथर- गाउँमा रोजगारीको अवसर नभएको भन्दै युवाहरु विदेशिएका छन। जस्का कारण खेती योग्य जमिन बाँझिएका छन् भने तिब्र बसाईसराई पनि बढेको छ। गाउँ घरमा बुढापाका मात्रै छन। रोजगारीको खोजीमा वर्षेनी लाखौं युवा बिदेसिएका बेला तेह्रथुमका मेहनती किसान सन्तोष तिम्सिना भने गाउँमै बाख्रा पालन गरेर मनग्ये आम्दामी गर्न सफल भएका छन। तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका–६ सुर्केका सन्तोष तिम्सिना विदेशबाट फर्केर बाख्रा पालन गरेर गाँउमै मनग्ये आम्दानी गर्न थालेका छन । रोजगारको खोजीमा गाँउ छोड्ने युवाहरुको सँख्या बढ्दै गइरहेको अवस्थामा अर्काको देशमा गुलामी गर्नुभन्दा आफ्नै गाँउमा पनि सम्मानका साथ परिवार सँगैे बसेर रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने गत्तिलो उदाहरण तिम्सिना बनेका छन ।
सात वर्षदेखि ५० हजार लगानीबाट अनुप बाख्रा फर्म संचालन गरेका उनले बार्षिक ४ लाखसम्म आम्दानी गर्दै आएका छन । १४ वर्ष साउदी र कतार बसेको आफ्नो अनुभव सुनाउदै उनले मेहेनत गरे आफ्नै ठाँउमा मनग्ये आम्दानी गर्न सक्ने तिम्सिना पनि एक हुन । स्वदेशमै परिवारसँग बसेर ४ जनाको परिवारको लालनपालन गर्न सहज भएको छ। उनले भने बाख्रालाई घासपातको जोहो गर्न श्रीमान श्रीमती दुबै जँगल जान्छौ । बजारमा खसी बाख्राको राम्रो माग छ । केही व्यापारी घरमै गाउँछन् । कहिले काँही बेच्न बजार लान्छौ सन्तोषले भने ।
तिम्सीनाको फर्ममा २१ वटा लोकल र वोयर जातका खसी छन् । युवा कृषक सन्तोष तिम्सिनाले सम्वन्धित सरकारी कार्यालयले झोलामा फर्म बोकेका तर व्यवसाय नगरेका मानिसलाई मात्रै अनुदान दिने गरेको दुखेसो पोखे । देशमा मेहेनत गर्दा समेत राज्यबाट कुनै प्रकारको सेवा र अनुदान नपाएको उनको गुनासो छ । स्थानीय सरकारबाट गोठ सुधार कार्यक्रम लगायतका अनुदान पाए व्यवसाय गर्न केही सहज हुने भएकाले सरकारसंग पटक पटक यो विषयमा स्थानीयतहमा माग गर्ने सन्तोषको भनाई छ।
.png)