Comments Add Comment

इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी

गाजा, १४ मंशिर । महिला प्यालेस्टिनी कैदीहरूलाई इजरायलले यौन दुर्व्यवहारको धम्की दिइएको दावी गरिएको छ ।

यो दावी त्यति बेला बाहिर आएको छ, जतिबेला इजरायलले रिहा गरिएको बन्दीहरुले जेलमुक्त भए पछि गरेका हुन ।

अल जजीराका अनुसार छैटौं कैदी बन्दी स्वैपमा रिहा भएका प्यालेस्टिनी कैदीहरू मध्ये एक रुकाया आम्रोसँग अन्तर्वार्ताको क्रममा यो खुलासा गरेका हुन।

जब अब्देल हामिदले सोधेका थिए रिहा गरिएका कैदीहरूले यौन दुर्व्यवहारको धम्कीको सामना गरेका थिए ? जस्तै अन्य पूर्व कैदीहरूले दावी गरेका छन? जेलमुक्त भएकी अमरोले सकारात्मक जवाफ दिएका छन ।

‘हो, तिनीहरूले हामीलाई बनावटी भिडियोहरू देखाउने थिए तर केटीहरूले तिनीहरूलाई हेर्न अस्वीकार गर्थे।’ 

उनले अगाडी भनिन, ‘इजरायली सेनाहरुले भनिरहेका हुन्थे, ‘हेर हामी तपाईलाई के गर्न गइरहेका छौं ? यो त्यस्तो चीज हो जसको बारेमा म कुरा गर्न पनि सक्दिन,’ अमरोले भनिन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ