Comments Add Comment

सुत्केरी हुन लागेको नाटकपछि विमानको आकस्मिक अवतरण, फरार १४ को खोजी तीब्र

म्याड्रिड, २५ मंसिर

स्पेनी पुलिसले आपतकालीन अवतरणपछि एक व्यावसायिक विमानबाट भागेका १४ जना व्यक्तिहरूको खोजी गरिरहेको छ । एक महिलाले आफूले बच्चा जन्माउन लागेको भन्ने अफाबा फैलाएपछि विमानको आपतकालीन अवतरण भएको थियो ।

महिलाले आफूलाई सुत्केरी हुन लागेको दाबी गरेपछि मोरक्कोबाट टर्कीका लागि बुधबार दिउँसो उडेको पेगासस एयरलाइन्सको विमान बार्सिलोनाको एल प्राट विमानस्थलमा आपत्कालीन अवतरण गरेको थियो ।

विमान अवतरण गरेपछि २८ जना व्यक्तिहरूको समूह बाहिर निस्किएर भाग्ने प्रयास गरेका थिए । प्रहरीले आधालाई रोक्न सफल भए पनि बाँकी १४ जना विमानस्थलबाट भागे र उनीहरू हाल फरार छन् ।

विमानमा २२८ यात्रु थिए । 

डाक्टरहरूका अनुसार ती महिला गर्भवती भए पनि बच्चा जन्माउने अवस्थामा भने थिइनन् । सार्वजनिक अपराधको आशंकामा उनी पक्राउ परेकी थिइन। 
पक्राउ परेका मध्ये पाँच जना मोरक्कोको कासाब्लान्का शहरबाट इस्तानबुलको लागि उडानमा फिर्ता हुन सहमत भएका स्पेनी अधिकारीहरूले बताए । बाँकी भने स्पेनमा प्रवेश नगर्ने प्रक्रियामा छन् । 

अधिकारीहरूका अनुसार उनीहरूलाई कथित बच्चा जन्माउन लागेको भन्ने महिलासँगै देश बाहिर अर्को पेगासस उडानमा राखिने अनुमान गरिएको छ । स्पेनी सरकारको कार्यालयले यात्रुहरूको राष्ट्रियता खुलासा गरेको छैन ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ