Comments Add Comment

गाजाबाट १०३ रूसी नागरिकको उद्दार, स्वदेश फर्काइयो

मस्को, ८ मंशिर । युद्दग्रस्त गाजाबाट उद्दार गरी १०३ रुसी नागरिकलाइ  स्वदेश फर्काइएको छ ।

गाजाबाट निकालिएका १०० भन्दा बढी रूसी नागरिकहरू मस्कोको लागि विशेष उडानमार्फत घर आइपुगेको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ।

रुसी अधिकारीहरूले टेलिग्राममा एक पोस्टमा भनेका छन् कि १०३ रूसी नागरिकहरू चार्टर्ड बिमान ल्युसिन ७६  मार्फत  घर फर्केका छन्।

पछिल्लो स्वदेश फिर्तीले गाजाबाट निकालिएका रुसीहरूको कुल संख्या ७५० भन्दा बढी पुगेको छ  । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ