पाचथर: पाँचथरको कुम्मायक गाउँपालिकाले मेगा बैंक शाखा यासोक प्रमुख छत्रपति निरौलालाई बिदाई गरेको छ । गाउँपालिकाको कार्यालयले एक कार्यक्रमको आयोजना गरी निरौलालाई विदाई गरेको हो । २०७५ चैत्रमा हाजिर हुनुभएको उहाँ मेगा बैंकको शाखा फिदिममा सरुवा हुनुभएको छ ।
विदाई कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रदिपसिं तामाङले बैंकले प्रभाह गर्ने सेवालाई निरौलाले प्रभावकारी बनाएको भन्दै कार्यालयसंग समन्वय गरी सकृयता पूर्वक आर्थिक कारोवार गरेको प्रति तामाङले प्रशंसा गर्नुभयो ।
सोही अवसरमा माँयाको चिनो प्रदान गर्दै गाउँपालिका उपाध्यक्ष सीता आचार्यले कार्यालयको आर्थिक कारोवार र नागरिकको सेवामा निरन्तर खटिएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले जुनसुकै समयमा पनि गाउँपालिका र नागरिकको सेवामा महत्वपूर्ण समय खर्चिएको स्मरण यो सहयोगलाई गाउँपालिकाले उच्च मुल्याङकन गरेको बताउँनुभयो ।
स्थानीयतहको निर्वाचनपछि स्थापना भएको मेगा बैंकले गाउँपालिकाको सबै वडा र फाल्गुनन्द गाउँपालिका ६ र ७ नम्बर वडाका नागरिकलाई पनि सेवा प्रभाह गर्दै आएको भन्दै शाखा प्रमुख निरौलाले आगामी दिनमा पनि निरन्तर रुपमा सहकार्य गर्न आग्रह गर्नुभयो । आफू र आफ्नो कार्यालयलाई जनप्रतिनिधि र कर्मचारीले सकरात्मक सहयोग गरेको भन्दै काम गर्ने क्रममा कमि कमजोरी भए क्षमा गर्न निरौलाले अनुरोध गर्नुभयो ।
कार्यक्रममा कुम्मायक—१ का वडा अध्यक्ष देबेन्द्रकुमार लावती, मिरमिरे लघुवित्त वित्तिय संस्थाका प्रमुख प्रकाश गर्तौला, गाउँपालिकाका कर्मचारी र जनप्रतिधिहरुको विदाई हुने निरौलालाई खादा ओढाएर सम्मान गरेका थिए ।
.png)