Comments Add Comment

वाइ वाइ प्रथम किराँत गोल्डकप : आज तेह्रथुम र पाँचथर भिड्दै 

रमेश थापा
पाँचथर: पाँचथर जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रथम वाइ वाइ किरात गोल्डकपको तयारी पूरा भएसंगै आजदेखि प्रतियोगिता सुरु हुने भएको छ। प्रतियोगिताको पहिलो खेलमा पाँचथर फुटवल क्लव र मित्तेरी फुटवल क्लव तेह्रथुम भिड्ने भएका छन। खेल तालिका अनुसार आज दिउँसो १ बजे पाँचथर फुटवल क्लव र मित्तेरी फुटवल क्लव तेह्रथुम भिड्ने भएका हुन।

आजबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर फुटवल क्लवले मित्तेरी फुटवल क्लव तेह्रथुको सामना गर्नेछ। खेल दिउँसो साँढे १ बजेदेखि सुरु हुने खेल संयोजक आइन्द जबेगुले बताए।
शनिवार सदरमुकाम स्थीत फिदिम मा.वि.को खेलमैदान हुने प्रतियोगिताको लागि अस्थाई प्याराफिटको समेत व्यवस्था गरिएको छ। प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य, पूर्व मन्त्री समशेर राईले गर्ने आयोजक पाँचथर फुटवल क्लवका अध्यक्ष अनुराग केप्छाकी मगरले बताए। प्रतियोगितामा भारत र नेपाल सहित आठ टिमको सहभागिता रहेको छ। वाइ वाइ मूख्य प्रायोजक रहेको प्रतियोगिताको बिजेताले नगद ४ लाख ४ हजार ४४४ रुपैंयाँ र उपबिजेताले नगद २ लाख २ हजार २२२ रुपैंयाँ प्राप्त गर्नेछ । 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ