रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकामा संचालित तमोर पंम्पिङ खानेपानी योजनाको महसुल नुबझाउँने उपभोक्ताको धारा समितिले काट्ने भएको छ। उपभोक्ता समितिको बैठकले ६ महिनासम्म खानेपानीको महसुल नबुझाउने ग्राहकको धारा काट्ने निर्णय गरेको हो। शुक्रवार एक सुचना जारी गर्दै ६ महिनासम्म पनि महसुल नबुझाउने उपभोक्ताको धारा काट्ने जनाएको हो।
समितिका महासचिव जकेन्द्र लावतीका अनुसार खानेपानीको महसुल बुझाउन पटक पटक आग्रह गर्दा पनि महसुल नबुझाउने ग्राहकको धारा काट्ने निणर्य गरेको सुनाए। खानेपानी योजना संचालन गर्न चुनौति थपिएको समयमा खानेपानी व्यवस्थापनको बिषयमा कडाईका साथ अघि बढ्नु परेको बताए। यासोक रानीगाउँ र स्याबरुम्बा गरी ४ वटा वडाका १४ सय घरधुरीले नियमित खानेपानी उपभोग गर्दै आएका छन।
%20(1).jpg)
.png)